काठमाडौं । लक्ष्मी सनराइज बैंकले २५ औं साधारणसभा आह्वान गरेको छ । बिहीबार सूचना जारी गर्दै बैंकले आगामी पुस १४ गते काठमाडौंको कमलपोखरीमा रहेको अग्रवाल भवनमा बस्ने गरी साधारणसभाको आह्वान गरेको हो । बैंकले साधारणसभामा लाभांश पारित गर्नेलगायतका एजेन्डा पारित गर्ने एजेन्डा तय गरिएको छ ।
बैंकले साधारणसभाको विशेष प्रस्तावमा बैंकको हालको कुल चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने बराबरको बोनस सेयर दिने घोषणा पनि गरेको छ । साथै, साधारणसभाले सो बोनस सेयर जारी गर्नका लागि आवश्यक हदसम्म अधिकृत, जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साथै, बैंकले बोनस सेयरका लागि आवश्यक पर्ने रकम कर प्रयोजनका लागि नगद लाभांशको रूपमा दिने निर्णय पनि साधारणसभाले अनुमोदन गर्ने बताएको छ ।




.gif)



