images

२०८३ आश्विन २२ गते

images
images
images

चिरख्वा हाइड्रोपावरको बोलायो साधारणसभा

चिरख्वा हाइड्रोपावरको बोलायो साधारणसभा

images
images
बुधवार, मंसिर २४ २०८२
बुधवार, मंसिर २४ २०८२
  • चिरख्वा हाइड्रोपावर लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीले पुस २३ गते कुण्डलिनी रोयल्स, जोरपाटी, काठमाडौँमा ७ औँ वार्षिक साधारण सभा बोलाएको हो । 

    images
    images

    उक्त सभा बिहान १० बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत अर्थात १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभाले हकप्रद निष्काशनसम्बन्धि आवश्यक कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, उपयुक्त आयोजनाको पहिचान गरी लगानी अथवा विकास गर्ने, कम्पनीको ऋण भुक्तानी गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

    साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १३ गते बुकक्लोज गर्ने भएको छ । यस अनुसार पुस १२ गतेसम्म नप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend