images

२०८३ कार्तिक ६ गते

images
images
images
  • समाचार
  • प्री-ओपन सेसनमा नेप्से परिसूचक ९.९८...

प्री-ओपन सेसनमा नेप्से परिसूचक ९.९८ अंकले बढ्यो

प्री-ओपन सेसनमा नेप्से परिसूचक ९.९८ अंकले बढ्यो

images
images
आइतवार, भाद्र ३० २०८१
आइतवार, भाद्र ३० २०८१
  • काठमाडौं । साताको पहिलो कारोबार दिन (आइतबार)को प्रिओपन सेसनमा सेयर बजार परिसूचक (नेप्से) ९.९८ अंकले बढेको छ । ९.९८ अंकले बढ्दै नेप्से २६९८.५१ को बिन्दुमा उक्लिएको छ ।

    images
    images

    प्रिसेसनमा सूचकसँगै नेप्सेमा कारोबार रकम पनि ह्वात्तै बृद्धि भएको छ । २६ हजार ८२० कित्ता सेयर किनबेच हुँदा प्रिसेसनमा कारोबरा रकम १ करोड ५३ लाख ८१ हजार रुपैयाँको भयो ।यो सेसनमा सबैभन्दा बढी हाइड्रो क्षेत्रका कम्पनीको कारोबार भएको छ ।

    कारोबारमा आएका ६९ कम्पनीमध्ये यस सेसनमा ५१ कम्पनीको मूल्य बढ्यो भने १३ कम्पनीको मूल्यमा गिरावट देखियो । ५ कम्पनीको मूल्य भने स्थिर रह्यो ।

    images
    images

    लगातार गिरावटका बिच गत साताको अन्तिम कारोबार दिन बिहीबार ७८.३१ अंकले बढ्दै नेप्से २६८८.५३ को बिन्दुमा उक्लिएको थियो । उत्साहपूर्णरुपमा बढेको नेप्सेमा ८ अर्ब १६ करोड ९२ लाख बराबरको कारोबार भएको थियो ।

    जसको प्रभाव प्रिसेसनमा समेत देखिएको छ । प्रिसेसनको कारोबारले नेप्सेलाई आज थप उचाईमा पु¥याउने सम्भावना अधिक छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend