images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • खाद्यद्वारा दाङबाट एक करोड ४४ लाख...

खाद्यद्वारा दाङबाट एक करोड ४४ लाख बढीको धान खरिद

खाद्यद्वारा दाङबाट एक करोड ४४ लाख बढीको धान खरिद

images
images
सोमवार, मंसिर २२ २०८२
सोमवार, मंसिर २२ २०८२
  • दाङ ।  दाङका तीन स्थानीय तहबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले एक करोड ४४ लाख ८९ हजार आठ सय नौ रुपियाँ बराबरको धान खरिद गरेको छ। कम्पनीले लमही नगरपालिका, गढवा गाउँपालिका र राप्ती गाउँपालिकाका २१२ जना किसानसँग कुल ४,१८३ क्विन्टल २० केजी धान खरिद गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय तुलसीपुरका सूचना अधिकारी शक्तिराम डाँगीले जानकारी दिनुभयो ।सरकारले जिल्लाका लागि तोकेको पाँच हजार क्विन्टल धान खरिद कोटामध्ये ८१६ क्विन्टल ८० केजी धान अपुग भएको जानकारी दिँदै उहाँले पहिलो चरणमा गढवा गाउँपालिकामा ७५ किसानसँग २,३५४ क्विन्टल ४० केजी धान खरिद गरिएको बताउनुभयो। गढवामा दुई हजार क्विन्टल मात्र कोटा भए पनि ३५४ क्विन्टल बढी धान खरिद गरिएको थियो।

    images
    images

    दोस्रो चरणमा लमही नगरपालिकामा १,४९२ क्विन्टल धान खरिद गरिएको छ। तेस्रो चरणमा राप्ती गाउँपालिकामा मात्र ३३६ क्विन्टल ८० केजी धान खरिद भएको छ, लक्ष्य १,५०० क्विन्टल भए पनि पालिकामा मसिनो धान उत्पादन बढी हुने भएकाले धान अपुग भएको कम्पनीले जनाएको छ।खाद्यले किसानसँग सरकारले निर्धारण गरेको प्रतिक्विन्टल ३,४६३ रुपैयाँ ८१ पैसामा मोटो धान खरिद गरेको हो। गत वर्ष दाङमा ८,००० क्विन्टल धान खरिद गरिएकोमा यस वर्ष लक्ष्यभन्दा कम धान खरिद भएको कम्पनीले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend