images

२०८३ आश्विन १६ गते

images
images
images
  • बैंक वित्त
  • लक्ष्मी सनराइज बैंकको साधारणसभा आह्वान, लाभांश...

लक्ष्मी सनराइज बैंकको साधारणसभा आह्वान, लाभांश प्रस्ताव पारित गर्ने

लक्ष्मी सनराइज बैंकको साधारणसभा आह्वान, लाभांश प्रस्ताव पारित गर्ने

images
images
बिहिवार, मंसिर १८ २०८२
बिहिवार, मंसिर १८ २०८२
  • लक्ष्मी सनराइज बैंक लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । बैंकले पुस १४ गतेका लागि आफ्नो २५ औँ साधारणसभा बोलाएको हो । उक्त सभाले बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्नेछ । सभा पुस १४ गते, सोमबार, अग्रवाल भवन, कमलपोखरी, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले बैंकको सञ्चालक समितिको संरचना हेरफेर गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

    images
    images

    साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १ गते बुकक्लोज गर्ने भएको छ । यस अनुसार मंसिर २९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend