images

२०८३ आश्विन १६ गते

images
images
images
  • बैंक वित्त
  • लक्ष्मी सनराइज बैंकको ‘डिजिटल डिसेम्बर २०२५’...

लक्ष्मी सनराइज बैंकको ‘डिजिटल डिसेम्बर २०२५’ सुरु, उद्यम डिजिटलाइजेसनमा जोड

लक्ष्मी सनराइज बैंकको ‘डिजिटल डिसेम्बर २०२५’ सुरु, उद्यम डिजिटलाइजेसनमा जोड

images
images
बुधवार, मंसिर १७ २०८२
बुधवार, मंसिर १७ २०८२
  • काठमाडौं ।  लक्ष्मी सनराइज बैंकले आफ्नो वार्षिक अभियानको सातौं संस्करण ‘#DigitalDecember2025’ सुरु गरेको छ।‘इम्पावरिङ्ग एन्टरप्राइजेज’ भन्ने नारासहित सुरु भएको यो अभियान यस वर्ष देशभरका उद्यमहरूको डिजिटलाइजेसनमा केन्द्रित रहनेछ।बैंकले डिसेम्बर महिनाभर घरेलु, साना तथा मझौला उद्यम, कर्पोरेट, आईटी, शिक्षा लगायतका क्षेत्रलाई डिजिटल भुक्तानीमा जोड्ने लक्ष्य राखेको छ।

    images
    images

    यसअघि उपभोक्ता केन्द्रित अभियान सञ्चालन गर्दै आएको बैंकले यसपटक नगद र चेक कारोबारलाई डिजिटल माध्यममा रूपान्तरण गर्न प्राथमिकता दिएको छ।अभियानका मुख्य विशेषताहरूमा ई-कमर्शका लागि भिसा र मास्टरकार्ड पेमेन्ट गेटवे, कर्मचारीका लागि भर्चुअल क्रेडिट कार्ड र क्रेडिट कार्ड, कारोबारका लागि कर्पोरेट-पे र एनपीआई इन्टिग्रेशन र भुक्तानी जानकारीका लागि ‘लक्ष्मी वाणी’ रहेको छ।

    अभियानमा सहभागी हुने व्यवसायीले डिसेम्बरभर विशेष छुट र अग्राधिकार सेवा पाउनेछन्। बैंकका डिजिटल च्यानल प्रमुख सुमन प्रसाद गेलालले यो अभियानले व्यवसायहरूलाई थप पारदर्शी र सुरक्षित बनाउँदै डिजिटल अर्थतन्त्रमा योगदान पुर्याउने बताए।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend