images

२०८३ कार्तिक ६ गते

images
images
images
  • समाचार
  • सरकारी कर्मचारीको सेयर किनबेच एलिट क्यापिटलले...

सरकारी कर्मचारीको सेयर किनबेच एलिट क्यापिटलले गरिदिने, ल्यायो यस्तो स्किम

सरकारी कर्मचारीको सेयर किनबेच एलिट क्यापिटलले गरिदिने, ल्यायो यस्तो स्किम

images
images
शुक्रवार, भाद्र २८ २०८१
शुक्रवार, भाद्र २८ २०८१
  • काठमाडौं । सरकारले कार्यालय समयमा सबै सरकारी कार्यालयमा कार्यालय समयमा सेयर कारोबार गर्न रोक लगाएपछि एलिट क्यापिटलले त्यसको विकल्प दिने भएको छ ।

    images
    images

    सरकारले भदौ २५ गते मंगलबारबाट देशभरका सबै सरकारी कार्यालयमा सेयर कारोबार गर्ने (टिएमएस)मा प्रतिबन्ध लगाएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी कार्यालयमा बसेर सेयर बजारमा निजी कारोबार गर्नु कानुनी दृष्टिले पनि अमान्य भएको उल्लेख गरे ।

    ‘यसले सरकारी कामकाजमा प्रतिकूल प्रभाव परेको छ र सेवाग्राहीको काम प्रभावित भएको गुनासो आइरहेको छ,’ ओलीले भनेका थिए,‘यही जनगुनासोलाई सम्बोधन गर्दै अब सरकारले देशभरिका सबै सरकारी कार्यालयमा सेयर कारोबार गर्ने प्रणाली (टीएमएस) प्रतिबन्ध लगाएको छ ।’

    images
    images

    सबै मन्त्रालय, आयोग, सचिवालय, स्थानीय तहका कार्यालयमा टीएमएस नचल्ने बनाउन निर्देशन दिइएको प्रधानमन्त्रीको भनाइ छ । ‘सरकारी कार्यालयमा अब सरकारी काम मात्र गर्न अनुरोध गर्दछु,’ ओलीले भनेका थिए।

    सिंहदरबारभित्र सेयर कारोबार रोक्न भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई पत्र पठाएको थियो । सोही पत्रको आधारमा प्रधानमन्त्री कार्यालयले मंगलबार सबै सरकारी कार्यालयमा टिएमएस नचल्ने बनाउन निर्देशन दिएको थियो ।त्यस लगत्तै एलिट क्यापिटलले पीएमएस स्किम नै ल्याएको छ ।

    सरकारले कार्यालय समयमा कारोबार निषेध गरेको भए पनि क्यापिटलले भने ढुक्क भएर कारोबार गर्न सक्ने व्यवस्था गर्ने भएको छ । क्यापिटलले ‘कार्यालय समयमा कारोबार निषेध ? ढुक्क हुनुस्, उपाय छ… अब हामी गरिदिन्छौं–तपाईंको कारोबार, तपाईंकै नाममा’ भन्दै सूचना जारी गरेको छ ।

    यसका लागि न्यूनतम लगानी रकम १० लाख रुपैयाँ वा सो बराबरको सेयर हुनुपर्ने, एएमसी शुल्क १ प्रतिशत लाग्ने र मुनाफा ९०:१० प्रतिशत हुने जनाएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend