images

२०८३ आश्विन १९ गते

images
images
images
  • विश्व
  • विदेशमा बस्ने नेपालीलाई एकजुट गर्दै पुनर्चक्रणमार्फत...

विदेशमा बस्ने नेपालीलाई एकजुट गर्दै पुनर्चक्रणमार्फत नेपाल विकासको सम्भावनाः शिव न्यौपाने

विदेशमा बस्ने नेपालीलाई एकजुट गर्दै पुनर्चक्रणमार्फत नेपाल विकासको सम्भावनाः शिव न्यौपाने

images
images
बुधवार, मंसिर १७ २०८२
बुधवार, मंसिर १७ २०८२
  • काठमाडौँ । मंसिर १७, फलाङ फूड डिक्सनरीका लेखक शिव न्यौपानेले विकसित देशहरूमा बसोबास गर्ने करिब १० लाख नेपालीले महिनामा कम्तीमा एक बोतल बराबरको पुनर्चक्रण योग्य सामग्री संकलन गरे नेपालले वार्षिक कम्तीमा १० लाख डलर सहयोग प्राप्त गर्न सक्ने बताएका छन्।

    images
    images

    न्यौपानेका अनुसार अहिले विदेशमा बस्ने धेरै नेपालीहरूले चाहना राखे पनि देशका लागि योगदान गर्ने सरल तर प्रभावकारी माध्यम पाएका छैनन्। “यदि मन लागेको खण्डमा हामीले केवल घरेलु पुनर्चक्रण सामग्रीबाटै देशका विद्यालय, अस्पताल तथा सामाजिक संस्थालाई ठूलो आर्थिक सहयोग गर्न सक्छौँ,” उनले भने।

    अष्ट्रेलियामा बस्दै आएका शिव न्यौपानेले त्यहाँका उत्कृष्ट वातावरणीय र आर्थिक नीतिहरूले जनतालाई पुनर्चक्रणमा सहभागी हुन ठूलो प्रोत्साहन दिएको उल्लेख गरे। अष्ट्रेलियामा धेरैजसो स्थानीय उत्पादनका बोतल तथा क्यान रिसाइक्लिङ केन्द्रमा बुझाए बापत नगद फिर्ता हुने व्यवस्था छ, जसले जनतालाई अन्तर्राष्ट्रिय उत्पादन भन्दा स्थानीय उत्पादन किन्न प्रेरित गर्छ।

    images
    images

    उनका अनुसार यस्तो प्रणालीले मानिसहरूलाई पुनर्चक्रण सामग्री संकलन र बिक्रीमा आकर्षित गर्दै वातावरणीय प्रदूषण घटाउने मात्र होइन, स्थानीय अर्थतन्त्रलाई पनि मजबुत बनाएको छ। न्यौपानेले आफ्नो बिदाको दिनहरूमा अष्ट्रेलियामा संकलित पुनर्चक्रण सामग्रीको माध्यमबाट विभिन्न विद्यालय, बालबालिका र सामाजिक संस्थाहरूलाई सहयोग गर्दै आएका छन्।

    नेपालमा पनि राष्ट्रव्यापी रिसाइक्लिङ केन्द्र आवश्यक,शिव न्यौपाने भन्छन्, “हाम्रो देशमा पनि यदि राष्ट्रव्यापी पुनर्चक्रण केन्द्रको जालो विस्तार गरियो भने जनतालाई घरेलु रिसाइक्लिङ सामग्री बेचेर आम्दानी गर्ने वातावरण मिल्छ, जसले वातावरणीय प्रदूषण नियन्त्रणमा ठूलो भूमिका खेल्छ।”

    उनले छिमेकी मुलुकहरूसँगको सहकार्य उपयोगी भए पनि पूर्ण रूपमा निर्भर रहन नहुने बताउँदै, आन्तरिक पुनर्चक्रण पूर्वाधार विकास गर्न सके नेपालले प्लास्टिक तथा अन्य सामग्री निर्यातमा निर्भरता घटाउन सक्ने धारणा राखे।

    उनका अनुसार प्रभावकारी रिसाइक्लिङ कार्यक्रम सञ्चालन हुन सके सरकार स्वास्थ्य, शिक्षा लगायतका महत्वपूर्ण क्षेत्रमा लाखौँ डलर बराबरको रकम विनियोजन गर्न सक्षम हुनेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend