images

२०८३ कार्तिक ६ गते

images
images
images
  • समाचार
  • सूर्यज्योति लाइफको ८ लाख कित्ता शेयर...

सूर्यज्योति लाइफको ८ लाख कित्ता शेयर बिक्रीमा,क-कस्ले दिन पाउँछन् आवेदन ?

सूर्यज्योति लाइफको ८ लाख कित्ता शेयर बिक्रीमा,क-कस्ले दिन पाउँछन् आवेदन ?

images
images
शुक्रवार, भाद्र २८ २०८१
शुक्रवार, भाद्र २८ २०८१
  • काठमाडौं । सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर धनी एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको ८ लाख १ हजार ४७६ कित्ता शेयर बिक्रीमा राखेको छ ।

    images
    images

    शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २०८ रुपैयाँ तोकिएको छ । उक्त शेयर हाल कम्पनीका विद्यमान संस्थापक शेयर धनीहरूले मात्रै किन्न पाउँछन् । ३५ दिनभित्र संस्थापकहरूले नकिनेको खण्डमा सो शेयर सर्वसाधारणमा बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

    शेयर किन्न इच्छुक शेयरधनीले थापाथलीस्थित शेयर रजिस्ट्रार एनआईसी एशिया क्यापिटलमा आफूले किन्न चाहेको शेयर सङ्ख्या र सोको मूल्य समेत खुलाई गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्ने कम्पनीले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend