images

२०८३ आश्विन १७ गते

images
images
images

हुलास फिनसर्भले आइपिओ जारी गर्ने

हुलास फिनसर्भले आइपिओ जारी गर्ने

images
images
आइतवार, मंसिर १४ २०८२
आइतवार, मंसिर १४ २०८२
  • कर्जा प्रदायक कम्पनी हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले प्राथमिक सेयर निश्काषन (आइपिओ) जारी गर्ने भएको छ। कम्पनीको वार्षिक साधारण सभाले (आइपिओ) सम्बन्धी विशेष प्रस्ताव पारित गर्दै पूँजी विस्तार र कर्जा व्यवसाय वृद्धितर्फ नयाँ रणनीतिक मार्ग खोलिएको संकेत दिएको छ।नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त कम्पनीले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ को वित्तीय प्रतिवेदन, नाफा–नोक्सान, नगद प्रवाह विवरण तथा लेखापरीक्षण प्रतिवेदन सर्वसम्मतिले स्वीकृत गरिएको छ।

    images
    images

    सभाले आगामी वर्षका लागि लेखापरीक्षक नियुक्ति, सञ्चालक समिति सदस्यहरूको पुनर्नियुक्ति, तथा शेयरधनी प्रतिनिधिको मनोनयनसमेत अनुमोदन गरेको कम्पनीले जनाएको छ।हुलास फिनसर्भले आगामी वर्षमा कर्जा पहुँचलाई अझ सहज बनाउन, हायर–पर्चेज तथा उपभोक्ता वित्त बजारमा सेवा विस्तार र जोखिम व्यवस्थापन मजबुत गर्ने योजनालाई पुनः दोहोर्याएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend