images

२०८३ आश्विन १६ गते

images
images
images

डेढ करोडको सुन्तला बिक्री गर्ने गाउँ

डेढ करोडको सुन्तला बिक्री गर्ने गाउँ

images
images
बिहिवार, मंसिर ११ २०८२
बिहिवार, मंसिर ११ २०८२
  • खोटाङ, मङ्सिर ११ गते। खोटाङको सुन्तलाको राजधानी भनेर परिचित घोर्ले गाउँबाट एक वर्षमा डेढ करोड बढीको सुन्तला बिक्री हुने गरेको छ। जन्तेढुंगा गाउँपालिका–५ चिसापानीस्थित घोर्ले गाउँमा ३१ घरको बसोबास रहेको छ। सबै घरमा सुन्तलाको बगान छन्। सबै घरले हरेक वर्ष २÷३ लाख बढीको सुन्तला बिक्री गर्दै आएका छन्। कुनै घरले ५/६ लाखसम्मको सुन्तला हरेक वर्ष बिक्री गर्दै आएको बताउँछन्।

    images
    images

    टाङको सुन्तलाको राजधानी घोर्ले गाउँमा यस वर्ष पनि लटरम्म सुन्तला फलेका छन्। सुन्तला खरिदको लागि तराईबाट व्यवसायी घोर्ले गाउँ आइसकेका छन्। अहिले घोर्ले गाउँका नागरिकलाई सुन्तला बिक्री गर्न सडकले सहज बनाएको छ। तराईबाट व्यवसायी आएर बोटबाटै खरिद गरेर लाने गरेको स्थानीय रुपा राई बताउनुहुन्छ। “पहिले बाउबाजे ढाकरमा बोकेर तराईसम्म लगेर सुन्तला बिक्री गर्नु हुन्थ्यो। अहिले गाउँमा सडक आएपछि तराईका व्यवसायी सुन्तला खरिद गर्न गाउँमै गाडी दिएर आउछन्” राईले भन्नुभयो। 

    पुर्खाकै पालादेखि घोर्लेमा सुन्तला रहेको स्थानीय बताउँछन्। पहिले खानको लागि पुर्खाले रोपेको सुन्तला अहिले व्यवसायिक बनेको छ।  ३० घर पुमा राई र एक घर बस्नेत परिवारको बसोबास रहेको घोर्ले गाउँका सबै परिवारको घरखर्च सुन्तलाबाट भएको आम्दानी हुँदै आएको छ। घर खर्चकै लागि त्यहाँका स्थानीय रोजगारी गर्न बाहिर जानुपर्ने अवस्था नभएको स्थानीय युवा कञ्चन राई बताउनुहुन्छ। सुन्तला उत्पादनलाई धेरै मिहेनत पनि गर्न नपर्ने उहाँको भनाइ छ। बेलाबेलामा गोडमेल गर्ने, मल र पानी लगाउने बाहेक अन्य मिहिनेत सुन्तलालाई आवश्यक नपर्ने राई बताउनुहुन्छ।१० वर्षदेखि घोर्लेबाट सुन्तला ठेगेर लादै आएका लहानका रामकुमार मण्डल यो वर्ष पनि सुन्तला लिन पुगिसकेका छन्। घोर्ले गाउँका प्राय सबै सुन्तला आफूले लादै आएको उहाँको भनाइ छ। 

    images
    images

    कुनै घरको पुरै बगान नै ठेग्ने गर्नुभएका मण्डलले कुनै घरबाट काटुनको हिसाबले सुन्तला खरिद गर्दै आएको सुनाउनुहुन्छ। घोर्लेबाट सुन्तला जम्मा गरेर गाडीमा लहान पुराएपछि भण्डारण गरेर बिक्री गर्ने गरिएको उहाँको भनाइ छ। अत्याधिक सुन्तला फल्ने घोर्ले गाउँमा २०७७ सालमा प्रथम सुन्तला महोत्सवसमेत गरिएको थियो। हालसम्म घोर्ले गाउँका सुन्तलामा कुनै रोग नदिएको स्थानीय बताउछन्। अहिलेसम्म सुन्तलामा कुनै औषधि, विषादी केही पनि प्रयोग नगरिएको स्थानीय होमबहादुर राई बताउनुहुन्छ।सुन्तला उत्पादनको कारण घोर्ले गाउँको बसाइँसराइसमेत रोकिएको छ। अन्य गाउँबाट हरेक वर्ष नागरिक बसाइँ सरेर गए पनि घोर्लेगाउँबाट कोही पनि बसाइँ नगएको होमबहादुर राईले बताउनुभयो। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend