काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मन्त्रीहरूको कार्य विभाजन गरेका छन् । मुख्यमन्त्री यादवले संविधानको धारा १६८ को उपधारा ९ अनुसार गत कात्तिक २३ गते नियुक्त भएका मन्त्रीहरूको कार्य विभाजन गरेका हुन् । मुख्यमन्त्री कार्यालयका निमित्त सचिव शत्रुधन यादवका अनुसार मन्त्री लखनदास तत्माले ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्री र विमला अन्सारीले गृह सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
त्यसैगरी कञ्चन विच्छाले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।बाँकी मन्त्रालय भने मुख्यमन्त्री यादव आफैले राखेका छन् । मुख्य मन्त्री यादवले विवादका बिच होटलमा शपथ लिएको भन्दै चर्को आलोचना भएको थियो ।




.gif)



