काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि सशस्त्र प्रहरीले ५९ वटा चार पाङ्ग्रे सवारी साधन खरिद गर्ने भएको छ ।जेनजी प्रदर्शनपछि आगजनी भएको भन्दै सशस्त्रले निर्वाचनका लागि गाडी खरिद गर्नुपर्ने प्रस्ताव गरेको थियो । अर्थ मन्त्रालयले सशस्त्र प्रहरीका लागि ५९ वटा सवारी साधन खरिद गर्न सशस्त्र प्रहरीलाई सहमति दिएको हो ।
तीमध्ये ३ वटा सवारी साधन विपद् उद्धारका लागि प्रयोग गरिनेछ । सशस्त्रले ५० वटा बोलेरो पिक अप भ्यान र ३ वटा दङ्गा नियन्त्रण ट्रक र दुई वटा एम्बुलेन्स खरिद गर्दैछ । अर्थ मन्त्रालयले सशस्त्र प्रहरीलाई २१ करोड ६ लाख रुपैयाँ स्रोत सुनिश्चितता प्रदान गरेको छ ।
प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि प्रहरीले १८५ वटा गाडी खरिद गर्दैछ । प्रहरी प्रधान कार्यालयले यसअघि ८५ वटा गाडी खरिद गर्न बोलपत्र आह्वान गरेको थियो । थप १ सयवटा गाडी खरिद गर्न प्रहरीले टेन्डर आह्वानको प्रक्रिया सुरु गरेको छ ।




.gif)





