images

२०८३ कार्तिक ६ गते

images
images
images
  • समाचार
  • नेपाल ल्युब आयलले एफपीओ जारी गर्न...

नेपाल ल्युब आयलले एफपीओ जारी गर्न असोज १८ गते बोलायो साधारण सभा

नेपाल ल्युब आयलले एफपीओ जारी गर्न असोज १८ गते बोलायो साधारण सभा

images
images
बिहिवार, भाद्र २७ २०८१
बिहिवार, भाद्र २७ २०८१
  • काठमाडौं । नेपाल ल्युब आयलले सेयरधनीका लागि २५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समित बैठकले ५ प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस सेयर घोषणा गरेको हो ।

    images
    images

    सो लाभांश पारित गर्नका लागि कम्पनीले असोज १८ गतेका लागि साधारणसभा बोलाएको छ । असोज ४ गतेका लागि बुक क्लोजको मिति तय गरेको छ । साधारणसभामा लाभांशका साथै थप सेयर निष्कासन (एफपीओ) प्रस्ताव पनि लगिने कम्पनीले सार्वजनिक सूचनामार्फत जनाएको छ ।

    प्रिमियम मूल्य थप गरी एफपीओ जारी गरिने कम्पनीले स्पष्ट पारेको छ । जारी हुने एफपीओ संख्या तथा मूल्य भने पछि तय हुने छ । एफपीओ जारी गरी पूँजी वृद्धि गर्न प्रवन्धपत्र तथा नियमावली संशोधनका लागि गर्नुपर्ने आवश्यक कामकारबाहीको जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव साधारणसभामा लगिँदैछ ।

    images
    images

    बजारमा सूचीकृत रहे पनि यस कम्पनीको सेयर बिक्री गर्नेहरू नहुँदा किनबेच हुने गरेको छैन । जम्मा ६ लाख ७ हजार ७०४ कित्ता सेयर मात्रै सूचीकृत छ । उत्पादन तथा प्रशोधन समूहको यस कम्पनीको वित्तीय स्थिति सबल र मजबुत छ ।

    गत असार मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी ७३ रुपैयाँ २७ पैसा छ । बलियो वित्तीय स्थितिका बाबजुत बजारमा कारोबार नहुँदा कम्पनीको मूल्य नै स्थिर छ । यसको पछिल्लो बजार मूल्य जम्मा २८४ रुपैयाँ ९० पैसा छ । जबकि कम्पनीको प्रतिसेयर नेटवर्थ नै ६५७ रुपैयाँ छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend