images

२०८३ कार्तिक ६ गते

images
images
images
  • समाचार
  • सेयर बजार ओरालो लाग्ने क्रम जारी,२२.७३...

सेयर बजार ओरालो लाग्ने क्रम जारी,२२.७३ अंकले घट्यो नेप्से

सेयर बजार ओरालो लाग्ने क्रम जारी,२२.७३ अंकले घट्यो नेप्से

images
images
अर्थ समाचार
बुधवार, भाद्र २६ २०८१
अर्थ समाचार
बुधवार, भाद्र २६ २०८१
  • काठमाडौं । पछिल्ला केही दिनदेखि सेयर बजार परिसूचक (नेप्से) लगातार ओरालो लागिरहेको छ । साउन ३१ गते ३००० बिन्दुमा पुगेको बजार त्यसपछि ओरालो गतिमा छ । आज (बुधबार) परिसूचक २६१० बिन्दुमा पुगेर कारोबार रोकिएको छ । 

    images
    images

    बुधबार २२.७३ अंकले परिसूचक घटेको छ । परिसूचक मात्रै होइन, यो अवधिमा कारोबार रकममा पनि भारी गिरावट आएको छ । ३००० बिन्दुमा पुगेको दिन २९ अर्ब ३० करोड ५२ लाखको कारोबार भएको थियो । त्यसपछिका दिनमा लगातार घट्दै  बुधबार ६ अर्ब ८५ करोडको कारोबार भएको छ । 

    विश्लेषकहरू यो ट्रेन्डलाई सेयर बजारको स्वाभाविक प्रक्रिया मान्छन् । सेयर विश्लेषक भरत अर्याल यसलाई लगानीकर्ताहरू पर्ख र हेरेको स्थितिमा रहेको हुन सक्ने बताउँछन् । ‘बजारको सबै प्रक्रिया बुझेर लगानी गर्नेहरू त्यति छैनन् । तर अहिले कम्पनीहरूले लाभांश घोषणा गरिरहेको हुँदा त्यही अनुसार लगानीकर्ताले रणनीति बनाएको हुन जस्तो लाग्छ,’ उनी भन्छन् ।

    images
    images

    करेक्सनको अवस्थामा रहेको सेयर बजारले केही दिनमा पुनः लय समात्ने उनको बुझाइ छ । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend