images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • अफगानिस्तानले पाकिस्तानबाट किन्न छाड्यो गहुँ र...

अफगानिस्तानले पाकिस्तानबाट किन्न छाड्यो गहुँ र पिठो

अफगानिस्तानले पाकिस्तानबाट किन्न छाड्यो गहुँ र पिठो

images
images
सोमवार, मंसिर १ २०८२
सोमवार, मंसिर १ २०८२
  • काबुल । अफगानिस्तानले पाकिस्तानबाट गहुँ र पीठोको आयात पूर्ण रूपमा बन्द गरेको छ । दस वर्षअघि अफगानिस्तानले पाकिस्तानबाट ३० करोड डलरभन्दा बढीको पीठो आयात गर्ने गरेको थियो । तर त्यसपछि बिस्तारै गहुँ आयात घटाउँदै लग्यो । अहिले आएर आयात ठप्पै पारेको छ । हालै दुई देशबिचको तनावपछि अफगान तालिवानले पाकिस्तानसँग व्यापार सम्बन्ध अन्त्य गर्ने कुरा गरेको थियो । अफगानिस्तानले आफ्ना व्यापारीहरूलाई पाकिस्तानको सट्टा अन्य देशहरूसँग व्यापारको बाटो खोज्न निर्देशन नै जारी गर्‍यो ।

    images
    images

    विगत केही दशकदेखि, अफगानिस्तानले पाकिस्तानको बाटो भएर सबैभन्दा धेरै व्यापार गर्दै आएको छ, जुन यसको कुल व्यापारको लगभग आधा हो ।२०१५ मा पाकिस्तानले अफगानिस्तानमा ३२ करोड पीठो पठाएको थियो । तर यो अब शून्यमा झरेको अन्तर्राष्ट्रिय र एसियाली बजार अनुगमन एजेन्सीहरूको तथ्याङ्कले देखाएको छ । यी तथ्याङ्कले अफगानिस्तान पिठोको लागि पाकिस्तानमा निर्भर नभएको देखाएको छ । अफगानिस्तानले २०२४ मा उज्बेकिस्तान, काजकिस्तान र रुसबाट ६८ करोड ९० लाख डलरको गहुँ र पिठो किनेको थियो । यो सङ्ख्या २०२५ मा ७५ करोड डलर पुग्ने  अनुमान गरिएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend