images

२०८३ आश्विन १८ गते

images
images
images

नेपाली नागरिकहरूलाई अब हङकङ ट्रान्जिट भिसा आवश्यक नपर्ने

नेपाली नागरिकहरूलाई अब हङकङ ट्रान्जिट भिसा आवश्यक नपर्ने

images
images
शुक्रवार, कार्तिक २८ २०८२
शुक्रवार, कार्तिक २८ २०८२
  • काठमाडौँ । हङकङ सरकारले नोभेम्बर १५ देखि लागू हुने गरी नेपाली राहदानी बाहक यात्रुलाई ट्रान्जिट भिसा आवश्यक नपर्ने व्यवस्था गरेको छ ।नेपाली महावाणिज्यदूतावास हङकङले  निरन्तरको कूटनीतिक पहल एवं अनुरोधका कारण नेपालबाट अन्य मुलुक तथा अन्य मुलुकबाट नेपाल यात्रा गर्दा ट्रान्जिट क्षेत्रभित्रै रहने सर्तमा ट्रान्जिट भिसा आवश्यक नपर्ने व्यवस्था गरेको जानकारी गराएको हो । नेपाली राहदानी बाहक यात्रुलाई सन् २००५ जुनदेखि हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रान्जिट हुँदै यात्रा गर्दा ट्रान्जिट भिसा लिनु पर्ने नियम लागू गरिएको थियो । हङकङ अन्तर्राष्ट्रिय विमानस्थल संसारकै व्यस्त विमानस्थलहरूमध्येको एक व्यस्त विमानस्थल भएता पनि ट्रान्जिट भिसाको अनिवार्यताका कारण नेपाली नागरिकले हङकङमा ट्रान्जिट गर्नु पर्दा समस्या भोग्नु परेको थियो।

    images
    images

    महावाणिज्यदूतावासले भनेको छ– 'हङ्गकङ्ग सरकारले ट्रान्जिट भिसाको बाध्यात्मक प्रावधानलाई हटाएपश्चात् हङकङ ट्रान्जिट हुँदै यात्रा गर्ने नेपाली राहदानी बाहक यात्रुलाई यात्रामा सहजता हुने विश्वास गरिएको छ । साथै, यो प्रावधानले नेपाली राहदानी बाहक यात्रुहरूलाई हङकङ ट्रान्जिट भएर यात्रा गर्न प्रोत्साहन मिल्ने ठानिएको छ । '

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend