images

२०८३ कार्तिक ६ गते

images
images
images
  • समाचार
  • अब देशभर सरकारी कार्यालयमा ट्रेड म्यानेजमेन्ट...

अब देशभर सरकारी कार्यालयमा ट्रेड म्यानेजमेन्ट सिस्टम नचल्ने

अब देशभर सरकारी कार्यालयमा ट्रेड म्यानेजमेन्ट सिस्टम नचल्ने

images
images
मंगलवार, भाद्र २५ २०८१
मंगलवार, भाद्र २५ २०८१
  • काठमाडौं । सरकारले देशभर सरकारी कार्यालयहरूमा अबदेखि शेयर खरिदबिक्रीका लागि प्रयोग हुने ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) बन्द गर्ने भएको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय तथा प्रमुख सचिव, मुख्यमन्त्री तथा सबै प्रदेशका मन्त्रिपरिषद्‌ कार्यालयलाई टीएमएस नचलाउने व्यवस्था गर्न पत्राचार गरेको छ ।

    images
    images

    कार्यालय समयमा कर्मचारीहरू शेयर कारोबारमा लागेको भनेर उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टीएमएस  बन्द गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयमार्फत पत्राचार गराउन भनेको थियो । अख्तियारले गएको शुक्रबार कार्यालय समयमा टीएमएस चलाउने व्यवस्था बन्द गर्न भन्दै प्रधानमन्त्री कार्यालयमा पत्राचार गरेको थियो ।

    सोहीअनुसार प्रधानमन्त्री कार्यालयले नेपाल सरकारका सबै सरकारी तथा सार्वजनिक निकायहरुमा कार्यालय समयमा टीएमएस नचलाउने व्यवस्था गर्न र सो समयमा टीएमएस चलाएको वा नचलाएको सम्बन्धमा सूचना प्रविधिको प्रयोग गरी चेकजाँच गर्न सकिने व्यवस्था मिलाउन पत्राचार गरेको हो ।

    images
    images

    यसका लागि प्रादेशिक समन्वय महाशाखालाई सबै प्रदेशमा परिपत्र गर्न र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सबै स्थानीय तहहरुमा परिपत्र गर्न पनि निर्देशन दिइएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend