images

२०८३ आश्विन १६ गते

images
images
images
  • बैंक वित्त
  • एनएमबि बैंकले ल्यायो स्वेच्छिक अवकास योजना...

एनएमबि बैंकले ल्यायो स्वेच्छिक अवकास योजना सुविधा,८० कर्मचारीले जागिर छोड्दै

एनएमबि बैंकले ल्यायो स्वेच्छिक अवकास योजना सुविधा,८० कर्मचारीले जागिर छोड्दै

images
images
बिहिवार, कार्तिक २७ २०८२
बिहिवार, कार्तिक २७ २०८२
  • काठमाडौं । एनएमबि बैंकले कर्मचारीहरुको लागि स्वेच्छिक अवकास योजना (भीआरएस) ल्याएको छ । बैंकले कर्मचारीहरुको लागि तह अनुसार २४ देखि ३० महिनासम्मको सेवासुविधा सहित भीआरएस योजना ल्याएको हो ।बैंकको उक्त योजना २ साताको लागि ल्याएको थियो । कात्तिक २५ गतेसम्म रहेको उक्त योजनामा करिब ८० जनाले आवेदन दिएका छन् ।

    images
    images

    बैंकको तह अनुसार अफिसरदेखि तलका कर्मचारीलाई ३० महिनाको सेवासुविधा सहित भीआरएस योजना ल्याएको हो । त्यस्तै अफिसर र सिनियर अफिसरलाई २७ महिना र सिनियर अफिसरदेखि माथि डिजीएमसम्मका लागि २४ महिनाको सेवासुविधा दिनेगरी भीआरएस योजना ल्याएको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले बताए ।

    उक्त योजनामा करिब ८० जनाले आवेदन दिएका छन् । बैंकबाट जागिर छोड्न चाहनेहरुका लागि एउटा अप्सन दिएर नयाँ युवालाई बैंकले ल्याउन खोजेको प्रमुख कार्यकारी अधिकृत घिमिरे बताउँछन् । कतिपय विभागमा नयाँ कर्मचारी आवश्यक नहुन पनि सक्ने र आवश्यक भएको ठाउँमा युवाले अवसर पाउने उनले बताए ।बैंकले मर्जरको समयमा मर्जर भएर आउने बैंकका कर्मचारीलाई भीआरएस दिएको थियो भने मर्जरपछि भीआरएस दिएको थिएन । बैंकले ओम डेभलमेन्ट बैंक र त्यसअघि पनि केही साना बैंकलाई मर्जर गरेको थियो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend