काठमाडौं,२३ गते कार्तिक । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले ५० करोड रुपैयाँ बराबरको सहायक आवधिक ऋणपत्र जारी गर्ने प्रक्रिया सुरु गरेको छ।
संस्थाको सञ्चालक समितिको कात्तिक २१ गतेको ४६६औं बैठकले ८ प्रतिशत ब्याजदरमा सुरक्षणरहित ५० करोड रुपैयाँको सहायक आवधिक ऋणपत्र जारी गर्ने प्रस्ताव नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पेश गर्ने निर्णय गरेको छ।
बैठकले नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्ड (सेबोन) दुवै निकायबाट अनुमति प्राप्त भएपछि मात्र उक्त ऋणपत्र जारी गर्ने निर्णय गरिएको संस्थाले जानकारी दिएको छ।




.gif)





