images

२०८३ आश्विन १६ गते

images
images
images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा, एयरफिल्ड लाइटिङ मर्मतपछि उडान सुचारु

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा, एयरफिल्ड लाइटिङ मर्मतपछि उडान सुचारु

images
images
आइतवार, कार्तिक २३ २०८२
आइतवार, कार्तिक २३ २०८२
  • काठमाडौँ । कात्तिक २३, शनिबार साँझ एयरफिल्ड लाइटिङ प्रणालीमा समस्या आएपछि ठप्प रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आएको छ।

    images
    images

    विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाका अनुसार शनिबार दिउँसो करिब ५ः३० बजेदेखि लाइटिङ प्रणाली बिग्रिएर उडान तथा अवतरणमा समस्या आएको थियो। मर्मत कार्य सम्पन्न भएपछि विमानस्थल राति ९ः५० बजेदेखि पुनः सञ्चालनमा आएको हो।

    समस्या समाधान भएपछि पहिलोपटक नेपाल एयरलाइन्सको जहाज अवतरण भएको प्रवक्ता शेर्पाले नेपालखबरसँग बताए।

    images
    images

    उनका अनुसार, “अहिलेलाई समस्या समाधान भएको छ, विमानस्थल सञ्चालनमा आएको छ।”

    लाइटिङ प्रणाली बिग्रिएपछि रातिको समयमा धावनमार्गमा दृश्यता अभाव हुने भएकाले जहाजहरूको उडान र अवतरण असम्भव भएको थियो। यस अवधिमा केही जहाजहरू आकाशमै ‘होल्ड’ गरिएको थियो भने केहीलाई अन्य विमानस्थलमा डाइभर्ट गरिएको थियो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend