images

२०८३ मंसिर १२ गते

images
images
images

जागिर पाएकै दिन अफिसबाट कफी चोरेपछि.......

जागिर पाएकै दिन अफिसबाट कफी चोरेपछि.......

images
images
बुधवार, कार्तिक १९ २०८२
बुधवार, कार्तिक १९ २०८२
  • एजेन्सी । नयाँ कर्मचारी जागिरको पहिलो दिन नै अनौठो कारणले गर्दा निकालिएको रोचक घटनाका बारेमा रेडिटका एक प्रयोगकर्ताले खुलासा गरेका छन् ।ती प्रयोगकर्ताका अनुसार, ती कर्मचारीले सबै कफी चोरेकाले गर्दा म्यानेजरहरूले उनलाई निकालिदिएका थिए ।घटनासम्बन्धी पोस्ट रेडिट प्लेटफर्ममा भाइरल भयो । त्यसले ४३ लाखभन्दा बढी भ्युज र १५ हजारभन्दा बढी अपभोट्स पायो । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यसलाई अनौठो र रोचक घटना भनी वर्णन गरे ।

    images
    images

    ‘हामीले एक महिलालाई काममा राख्यौं । उनी बिहान प्रशिक्षणको क्रममा अलि तनावग्रस्त देखिएकी थिइन् । तर, काम त्यति गाह्रो थिएन,’ प्रयोगकर्ताले लेखे ।‘दिनको छिप्पिँदै जाँदा हामी सबै ब्रेकरूममा थियौं । ती कर्मचारीले कफीमेकरको छेउमा रहेका स्टारबक्स कफीका दुई ठूला ब्याग देखाउँदै यी कसका हुन् भनी सोधिन् । अनि कसैले उनलाई भन्यो, ‘यी सबैका लागि निःशुल्क राखिएका हुन् । कम्पनीले सबैका लागि कफी किनिदिन्छ ।’ उनले भनिन्, ‘ओ, कूल ।’

    कार्यालय समय सकिएर घर फर्किँदै गर्दा ती कर्मचारीले दुवै ब्याग आफ्नो लगिन् ।त्यसपछि अफिसभरि हल्लाखल्ला भयो । कफी कहाँ गयो भनी सबैजना आश्चर्यमा परे ।‘पछि कुरा बुझ्दै जाँदा ती नयाँ कर्मचारीले नै बोरा लगेको पत्ता लाग्यो । शायद कसैले उनलाई देखेको पनि थियो । उनी भोलिपल्ट अफिस आउँदा म्यानेजरले बोलाइन् र ठाउँको ठाउँ निकालिदिइन्,’ रेडिट प्रयोगकर्ताले लेखे ।यस घटनाले व्यावसायिकता र अफिसमा गरिने व्यवहारबारे ठूलो बहस सुरु ग‍रिदियो । सयौं प्रयोगकर्ताहरूले यसमा टिप्पणी गरे ।

    images
    images

    ‘यस्तो सोच भएका मानिसहरू कसरी काम गर्छन् होला भन्ने लाग्छ । अनौठो र रोचक,’ एक प्रयोगकर्ताले लेखे ।अर्काले लेखे, ‘सबैसँग अन्तरात्माको आवाज हुँदैन । अर्थात्, केही मानिसको दिमागमा दिनभर खासै सोचविचार चल्दैन । निर्णय लिनुअघि आफैंसँग तर्क गर्दैनन्, मशिन जस्तो एकोहोरो काम गर्छन् । मलाई यो कुरा डरलाग्दो र रोचक लाग्छ ।’तेस्रोले भने, ‘कोही त्यति मूर्ख कसरी हुन सक्छ ? राम्रो कुरा के भने ती कर्मचारी ठूलो गल्ती गर्नुअघि नै अफिसबाट निस्किइन् ।’

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend