images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • कोशी, बागमती र गण्डकी प्रदेशका मुख्य...

कोशी, बागमती र गण्डकी प्रदेशका मुख्य राजमार्ग अवरुद्ध

कोशी, बागमती र गण्डकी प्रदेशका मुख्य राजमार्ग अवरुद्ध

images
images
सोमवार, कार्तिक १७ २०८२
सोमवार, कार्तिक १७ २०८२
  • काठमाडौँ । देशका विभिन्न स्थानमा अविरल वर्षासँगै आएको पहिरोका कारण मुख्य राजमार्गहरूमा अवरोध भएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका मुख्य राजमार्गहरू अवरुद्ध भएका हुन् । कोशी प्रदेशमा अविरल वर्षाका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका–५ मा बरुणखोला नजिक कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।यस्तै रातको समयमा इलाम जिल्ला भित्रको मेची राजमार्ग सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । यसको अवरोध राति ११ बजेदेखि बिहान ०६ बजेसम्म पूर्ण रूपमा रोक लगाइएको जनाएको छ ।

    images
    images

    अविरल वर्षाका कारण धनकुटाको साँगुरीगढी गाउँपालिका–६ मा चारखोले नजिक कोशी लोकमार्ग एकतर्फी रूपमा सुचारु छ । बागमती प्रदेशमा बाढीका कारण रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ मा नेपाल र चीनलाई जोड्ने पुल पूर्ण रूपमा अवरुद्ध भएको छ ।यस्तै गोसाईंकुण्ड गाउँपालिका–२ मा तातोपानी, बालुवाखानी, घट्टेखोला र फ्याङलुङस्थित सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ ।

    गण्डकी प्रदेशको मुस्ताङमा पहिरोका कारण वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–३ स्थित छुसाङ र ताङ्वे बिचको कालाभीर नजिक जोमसोम कोरोला सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।यस्तै घरपझोङ गाउँपालिका–४ मा पाण्डाखोला नजिक जोमसोम–कोरोला सडक खण्ड एकतर्फी रूपमा सुचारु छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend