images

२०८३ आश्विन १७ गते

images
images
images

भूकम्पमा परेर अफगानिस्तानमा ८ जनाको मृत्यु

भूकम्पमा परेर अफगानिस्तानमा ८ जनाको मृत्यु

images
images
सोमवार, कार्तिक १७ २०८२
सोमवार, कार्तिक १७ २०८२
  • काबुल । उत्तरी अफगानिस्तानलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परेर कम्तीमा आठ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूले बताएअनुसार अरू १८० जना घाइते भएका छन् । उद्धार कार्य जारी रहेकोले मृतकको सङ्ख्या अरू बढ्न सक्ने अनुमान गरिएको छ । अफगानिस्तानको मजार–ए–सरिफ नजिकको खोल्म क्षेत्रमा स्थानीय समयअनुसार राति १ बजे भूकम्प गएको थियो । 

    images
    images

    जमिनबाट २८ किमी मुनि केन्द्रबिन्दु रहेको भूकम्पको झट्का ६ दशमलव ३ म्याग्निच्यूड मापन गरिएको अमेरिकी भूवैज्ञानिक सर्वेक्षण (यूएसजिएस)ले भनेको छ । भूकम्पपछि अरेञ्ज अलर्ट जारी गरिएको थियो । अधिकांश घाइतेलाई ठुला भवनबाट खसेर चोटपटक लागेको बताइएको बाल्ख प्रान्तका तालिबान प्रवक्ता हाजी जैदले बताए ।  

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend