गोरखा । कात्तिक १६, नेपाली सेना र सशस्त्र प्रहरीले गोरखाको धार्चे गाउँपालिका–३ तातोपानीबाट ३५ जना स्वदेशी तथा विदेशी पर्यटकको सकुशल उद्धार गरेको छ।
सशस्त्र प्रहरी बलका प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार उद्धार गरिएका मध्ये २० जना विदेशी र १५ जना स्वदेशी पर्यटक रहेका छन्। उनीहरू सामागाउँबाट फर्केर माछीखोलातर्फ जाँदै गर्दा मार्गमा परेको पहिरोका कारण तातोपानी क्षेत्रमा अलपत्र परेका थिए।
डिएसपी थापाले भने, “पहिरोका कारण बाटो अवरुद्ध भएपछि पर्यटकहरू स्थानीय बासमा रोकिएका थिए। नेपाली सेना र सशस्त्र प्रहरीले संयुक्त रूपमा उद्धार कार्य सम्पन्न गरेको हो।”
उद्धार गरिएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरूलाई सुरक्षित स्थानतर्फ पठाइएको सशस्त्र प्रहरीले जनाएको छ।




.gif)





