images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • अध्यक्षको राजीनामा माग गर्दै नेपाल धितोपत्र...

अध्यक्षको राजीनामा माग गर्दै नेपाल धितोपत्र बोर्डका कर्मचारीले आन्दोलनको स्वरूप परिवर्तन गरे

अध्यक्षको राजीनामा माग गर्दै नेपाल धितोपत्र बोर्डका कर्मचारीले आन्दोलनको स्वरूप परिवर्तन गरे

images
images
शनिवार, कार्तिक १५ २०८२
शनिवार, कार्तिक १५ २०८२
  • काठमाडौँ । ३९ औँ दिनदेखि आन्दोलनमा रहेका नेपाल धितोपत्र बोर्डका कर्मचारीहरूले आफ्नो आन्दोलनको स्वरूप परिवर्तन गर्दै बोर्ड अध्यक्षको राजीनामाको माग अघि सारेका छन्। यसअघि कर्मचारीहरू पेन डाउन गरेर धर्ना दिँदै आएका थिए।

    images
    images

    बोर्डका कर्मचारीहरूले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ कि “कर्मचारीको हित र सञ्चालक बोर्डको विगतको आफ्ना निर्णयको रक्षा गर्दै उभिन नसक्ने बोर्ड अध्यक्ष नैतिकताको आधारमा एक मिनेटका लागि सो पदमा बस्न योग्य छैनन्। त्यसर्थ, बोर्ड अध्यक्षले आफ्नो पदबाट राजीनामा दिई मार्ग प्रशस्त गर्नु पर्दछ। सो नगर्दा सम्म बोर्ड अध्यक्षलाई बोर्डको कार्यकक्षमा प्रवेश गर्न दिइने छैन।”

    images
    images

    त्यसैगरी, कर्मचारीहरूले नेपाल सरकार अर्थ मन्त्रालय सँग पनि माग दोहोर्‍याएका छन्। विज्ञप्तिमा भनिएको छ कि “धितोपत्र बोर्डको सञ्चालक बोर्डले जारी गरेको कार्यविधि खारेज गर्ने राजस्व सचिव स्तरीय निर्णय अविलम्ब फिर्ता लिई बोर्डको स्वायत्तता अक्षुण्ण राख्न नेपाल सरकारसँग जोडदार माग गर्दछौँ।”

    अर्थ मन्त्रालयको निर्णयले बोर्डको सञ्चालक बोर्डको निर्णय खारेज गरेपछि कानुनी द्विविधा उत्पन्न भएको र यस्तो परिस्थितिमा कानुनको अन्तिम व्याख्या अदालतले गर्ने भएकाले कर्मचारी युनियन र कर्मचारीहरूले आन्दोलन टुङ्ग्याएर काममा फर्किने प्रतिबद्धता जनाए पनि, बोर्ड अध्यक्ष र सञ्चालक बोर्ड न्यायिक निरूपणका लागि अदालत जान सक्ने अधिकार प्रयोग नगर्ने अडान प्रति उनीहरूले खेद व्यक्त गरेका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend