काठमाडौँ । कात्तिक १२, एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ। बैंकको वार्षिक साधारण सभा मिति २०८२ साल कात्तिक १२ गते सम्पन्न भएको हो।
सभाले आर्थिक वर्ष २०८१।८२ को वार्षिक प्रतिवेदन तथा लेखापरिक्षकको प्रतिवेदन पारित गरेको छ। सोही सभाबाट बैंकले शेयरधनीहरूलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ, जसअन्तर्गत ६ प्रतिशत बोनस शेयर र १४ प्रतिशत नगद लाभांश (बोनसमा लाग्ने करसहित) प्रदान गरिनेछ।
त्यस्तै, आर्थिक वर्ष २०८२।८३ का लागि श्री जि।पि। राजवाहक एण्ड कम्पनीलाई लेखापरीक्षकमा नियुक्त गर्ने प्रस्ताव पनि सभाले सर्वसम्मत रुपमा पारित गरेको छ।
एभरेष्ट बैंकले देशभरका शाखामार्फत बैंकिङ सेवा विस्तार गर्दै आएको छ र यस वर्ष पनि स्थिर वित्तीय प्रदर्शन कायम राखेको बैंकले जनाएको छ।




.gif)





