images

२०८३ आश्विन १५ गते

images
images
images

सोल्टी होटलको लाभांश घोषणा

सोल्टी होटलको लाभांश घोषणा

images
images
बुधवार, कार्तिक १२ २०८२
बुधवार, कार्तिक १२ २०८२
  • काठमाडौं । सोल्टी होटलले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयरधनीलाई चुक्ता पूँजीको कुल ३१.५७८९ प्रतिशत लाभांश दिने भएको छ । जसमा१६.५७८९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । यो लाभांश करसहित हो । साथै कम्पनीले १५ प्रतिशत बोनस सेयर पनि प्रदान गर्ने भएको छ । यस कम्पनीको सेयरको अंकित मूल्य प्रतिकित्ता १० रुपैयाँ हो । १० रुपैयाँकै आधारमा नगद लाभांश प्रदान हुनेछ ।

    images
    images

    कम्पनीले लाभांश प्रस्ताव पारित गर्न साधारणसभा पनि बोलाएको छ । मंसिर २८ गते साधारणसभा बोलाइएको छ । त्यस्तै कम्पनीको बुक क्लोज मिति मंसिर ५ का लागि तोकिएको छ । मंसिर ४ गतेसम्म कायम सेयरधनी साधारणसभामा भाग लिन र लाभांशका लागि योग्य हुनेछन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend