गोरखा । मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम अन्तर्गत भिमसेनथापा गाउँपालिकाले सञ्चालन गरेको ‘बाँझो जमिनमा फुलखेती’ अभियानले यस वर्ष उल्लेखनीय सफलता हासिल गरेको छ। गाउँपालिकाका विभिन्न कृषक, समूह, फर्म, क्लब र विद्यालयहरूको सहभागितामा उत्पादन गरिएको सयपत्री फूल अहिले बिक्रिका लागि उपलब्ध भएको छ।
तिहार पर्व नजिकिँदै गर्दा गाउँपालिकाले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित फूल बिक्रि सुरु गरेको हो। गाउँपालिकाले सबैलाई स्थानीय किसानको मेहनतको कदर गर्दै आफ्नै गाउँमा उत्पादन भएको सयपत्री फूल प्रयोग गर्न आग्रह गरेको छ।
कार्यक्रमको उद्देश्य बाँझो जमिनलाई उपयोगमा ल्याउँदै रोजगारी सिर्जना गर्नु र स्थानीय आत्मनिर्भरता बढाउनु रहेको गाउँपालिकाले जनाएको छ।




.gif)





