images

२०८३ आश्विन १९ गते

images
images
images

धान झुलेर सुनौलो काभ्रेको भकुण्डेबेशी

धान झुलेर सुनौलो काभ्रेको भकुण्डेबेशी

images
images
मंगलवार, कार्तिक ४ २०८२
मंगलवार, कार्तिक ४ २०८२
  • काठमाडौँ । कात्तिक ४, काभ्रेको उपत्यकामा अवस्थित हरियाली र उपजाउ क्षेत्र भकुण्डेबेशी अहिले सुनौलो धानको बाला झुलेको रमणीय दृश्यले झनै मोहक बनेको छ। महिनौँ अघि रोपिएको धान अहिले पाक्ने अवस्थामा पुगेको छ, र कृषकहरू मुरी भित्र्याउने तयारीमा जुट्न थालेका छन्।

    images
    images

    यो साल मौसम राम्रो रह्यो, धानको उत्पादन राम्रो हुने आशा छ, स्थानीय किसान मञ्जु दुलाल भन्छिन्। उनी बिहानैदेखि खेतमा आफ्ना परिवार सहित धान काट्न जुटिरहेकी छन्।

    मानो रोपेर मुरी भित्र्याउने नेपाली कृषि परम्परालाई प्रतीकका रूपमा लिने हो भने अहिले त्यो परम्परा पुनः एकचोटि जीवन्त बनेको देखिन्छ। खेतका डिलमा भर्खरै झुलेका धानका बालाहरू हावाको संगसँगै लहराइ रहेका छन्, जुन दृश्यले भकुण्डेबेशीलाई साँच्चिकै ‘धानको सुनौलो उपत्यका’ बनाएको छ।

    images
    images

    कृषि प्राविधिक सन्तोष खतिवडाका अनुसार, यो वर्ष सिँचाइ र मलको पहुँच राम्ररी उपलब्ध भएकोले उत्पादनमा उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ।

    धान भित्र्याउने यो याम केवल कृषिको चटारो मात्रै होइन, गाउँ समाजमा मिलिजुली संस्कृतिको पुनर्स्मरण पनि हो। बालाहरू डिलमा रमाउँदै खेलिरहेका छन्, पाका पुस्ता धान काट्ने तरिका सिकाउँदैछन्। खेतमा पसिना बगाउँदै हाँसिरहेका किसानहरूको अनुहारमा देखिएको सन्तुष्टि नै यो यामको वास्तविक सार हो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend