काठमाडौँ । कात्तिक ४ – चितवन जिल्लामा जुवातास खेलिरहेको अवस्थामा २१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार सोमबार राति भरतपुर महानगरपालिका–१० स्थित ओदान रेष्टुरेन्टमा जुवातास खेलिरहेका १० जनालाई पक्राउ गरिएको हो। उनीहरूको साथबाट रु २,११,२१० नगद र एक बुक तास बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
त्यसैगरी, सोही राति साढे १२ बजे तिर खैरहनी नगरपालिका–११ मा जुवातास खेलिरहेका थप ११ जनालाई नियन्त्रणमा लिइएको छ। उनीहरूको साथबाट रु १,५०,७२० नगद र पाँच बुक तास समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरू सबैमाथि अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ।




.gif)





