images

२०८३ आश्विन १९ गते

images
images
images
  • कृषि
  • तिहार नजिकिँदै, तनहुँको छिम्लिस्वाँरामा सयपत्री फूलेर...

तिहार नजिकिँदै, तनहुँको छिम्लिस्वाँरामा सयपत्री फूलेर ढकमक्क

तिहार नजिकिँदै, तनहुँको छिम्लिस्वाँरामा सयपत्री फूलेर ढकमक्क

images
images
आइतवार, कार्तिक २ २०८२
आइतवार, कार्तिक २ २०८२
  • काठमाडौँ । तनहुँ, म्याग्दे गाउँपालिका–४ स्थित छिम्लिस्वाँरा गाउँ तिहार नजिकिएसँगै सयपत्री फूलले ढकमक्क बनेको छ। स्थानीय चण्डेश्वरी फलफूल तथा तरकारी उत्पादक कृषक समूहले यो वर्ष ६ हजार ६ सय बेर्ना सयपत्री फूल लगाएका छन्। फूलहरू अहिले रङ्गीचङ्गी रुपमा फूलेर बजार पठाउने तयारीमा छन्।

    images
    images

    समूहका अनुसार, अहिले फूलको मूल्य प्रतिकेजी ३०० रुपैयाँ तोकिएको छ र लगातार अर्डरहरू आइरहेका छन्। तिहारमा फूलको माग अत्यधिक हुने भएकाले किसानहरू बिक्रीको सम्भावनाबाट उत्साहित देखिएका छन्।

    पहिलो वर्षमै सफलताको संकेत, कृषक समूहले यस वर्ष पहिलोपटक व्यावसायिक रूपमा सयपत्री खेती सुरु गरेको हो। राम्रो उत्पादन र बजारको माग देखेपछि किसानहरू यस व्यवसायप्रति आकर्षित भएका छन्।

    images
    images

    समूहका अध्यक्षका अनुसार, ूसुरुमा केही संकोच थियो, तर अहिले बजारबाट राम्रो प्रतिक्रिया पाइरहेका छौं।ू उनले आगामी वर्षमा उत्पादन अझ बढाउने योजना रहेको जानकारी दिए।

    स्थानिय रोजगारीमा टेवा, यस खेतीले गाउँमै रोजगारी सिर्जना गर्नुका साथै कृषकहरूको आम्दानीमा पनि टेवा पुर्‍याएको छ। सयपत्री फूलको खेतीले महिलाहरूमाझ समेत आत्मनिर्भरता बढाएको देखिन्छ।

    तिहार नजिकिंदै गर्दा स्थानीय स्तरमै उत्पादन भएको फूलले बजार सजाउने तयारीमा छ, जसले आयातमा निर्भरता कम गर्ने आशा गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend