images

२०८३ आश्विन १९ गते

images
images
images
  • कृषि
  • AFU र NACCFL बीच कृषि, पशुपालन,...

AFU र NACCFL बीच कृषि, पशुपालन, वन तथा सहकारी क्षेत्रमा सहकार्य सम्झौता

AFU र NACCFL बीच कृषि, पशुपालन, वन तथा सहकारी क्षेत्रमा सहकार्य सम्झौता

images
images
आइतवार, कार्तिक २ २०८२
आइतवार, कार्तिक २ २०८२
  • काठमाडौँ । कातिक २, कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU), रामपुर, चितवन र नेपाल कृषि सहकारी केन्द्रीय संघ (NACCFL) बीच कृषि, पशुपालन, वन तथा सहकारी क्षेत्रका बहुआयामिक विषयमा अनुसन्धान, क्षमता विकास तथा नविन अभ्यास प्रवर्द्धनका लागि सहकार्य सम्झौतामा हस्ताक्षर गरिएको छ।

    images
    images

    सम्झौतामा विश्वविद्यालयको तर्फबाट योजना निर्देशनालयका निर्देशक प्रा.डा. शिव चन्द्र ढकालको उपस्थितिमा प्रा.डा. शारदा थपलियाले हस्ताक्षर गर्नुभयो भने संघको तर्फबाट अध्यक्ष खेम बहादुर पाठकको उपस्थितिमा महाप्रवन्धक डा. रुद्र बहादुर श्रेष्ठले हस्ताक्षर गर्नुभएको हो।

    सम्झौताअनुसार NACCFL सञ्जालमा आबद्ध १,३०० भन्दा बढी सहकारी संस्थाका सदस्य किसानहरूलाई कृषि, पशुपालन, वन तथा सहकारी क्षेत्रका नविन अभ्यास, अनुसन्धान र प्राप्त उपलब्धिहरूको प्रयोग तथा अभिवृद्धिमा सहयोग गरिनेछ।

    images
    images

    सम्झौताका मुख्य बुँदाहरू:

    दिगो कृषि, बीउ उत्पादन र जैविक खेती प्रवर्द्धन

    जलवायु परिवर्तन अनुकूलन तथा विपद् जोखिम व्यवस्थापन

    खाद्य सुरक्षा, कृषि पर्यटन र उद्यम विकास

    सहकारी विकास, नीति वकालत र ज्ञान–सूचना प्रवाह

    नवीकरणीय ऊर्जा तथा प्राकृतिक स्रोतहरूको दिगो उपयोगमा अनुसन्धान

    शिक्षा र क्षमता विकासमा जोड

    AFU का विद्यार्थीहरूलाई NACCFL–सम्बद्ध सहकारी संस्थाहरूमा अनुसन्धान, थेसिस, इन्टर्नशिप र तालिमका अवसर प्रदान गरिनेछ। साथै, दुबै संस्थाले संयुक्त रूपमा अनुसन्धान गरी वैज्ञानिक जर्नल प्रकाशन गर्ने प्रतिबद्धता जनाएका छन्।

    सहकारी सदस्य, किसान, संघ तथा विश्वविद्यालयका कर्मचारीहरूको प्रविधिक र व्यवस्थापकीय क्षमताको विकास गर्न तालिम तथा कार्यशाला कार्यक्रमहरू सञ्चालन गरिनेछ। कृषि–खाद्य प्रणाली, सहकारी रूपान्तरण र ग्रामीण विकास सम्बन्धी नीति संवाद, सेमिनार र कार्यशालाहरू पनि सञ्चालन गरिनेछ।

    अध्यक्ष खेम बहादुर पाठक र निर्देशक प्रा.डा. शिव चन्द्र ढकालले यो सहकार्य सम्झौता नेपालको कृषि र पशुपालन क्षेत्रको समृद्धिका लागि कोसेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend