images

२०८३ आश्विन १९ गते

images
images
images

सयपत्री फूल खेतीले आत्मविश्वास बढाउँदै

सयपत्री फूल खेतीले आत्मविश्वास बढाउँदै

images
images
शुक्रवार, आश्विन ३१ २०८२
शुक्रवार, आश्विन ३१ २०८२
  • काठमाडौँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ डहरेकी मञ्जु श्रेष्ठले दुई रोपनी जमिनमा सयपत्री फूल खेती गर्दै आएकी छन्। विगत पाँच वर्षदेखि फूल खेतीमा सक्रिय श्रेष्ठ अहिले स्थानीय स्तरमै व्यवसायिक सफलताको उदाहरण बनेकी छिन्।

    images
    images

    यस वर्ष सयपत्री फूल तिहार भन्दा धेरै अघि नै फुलेपछि बजार व्यवस्थापनको अन्योल बढेको उनले बताइन्। “गत वर्ष तिहारका बेला राम्रो फूल फुलेको थियो, यसपालि अलिक छिटै फुल्यो, अब तिहार सम्म फूल जोगाउन सक्नुपर्छ,” श्रेष्ठको भनाइ छ।

    श्रेष्ठले दुई रोपनी क्षेत्रमा पाँच हजार बढी बिरुवा रोपेकी छन्। माग अनुसार फूल पुर्याउन गाह्रो भएपछि उनले व्यवसायिक रूपमा खेती सुरु गरेकी थिइन्। “पहिलो वर्ष आफन्त र साथीभाइलाई समेत फूल पुर्याउन सकिनँ,” उनले भनिन्, “त्यसपछि सोचें, माग अनुसार फूल उत्पादन गर्नुपर्छ।”

    images
    images

    श्रेष्ठले आफ्नो फूलको भिडियोहरू फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालमा पोस्ट गरेपछि फूलबारे चासो देखाउनेहरू बढेका छन्। अहिले तिहारका साथै गाउँघरमा आयोजना हुने कार्यक्रम, विशेषगरी सहकारी संस्थाहरूको साधारण सभाका लागि पनि मालाको माग भइरहन्छ।

    “एउटा फूलको थुङ्गा रु ५ सम्ममा बिक्री भइरहेको छ,” उनले जानकारी दिइन्। “गत तिहारमा मात्र सयपत्री बिक्रीबाट रु एक लाख आम्दानी भयो।”

    तरकारी बेर्ना उत्पादन गरेर बिक्री गर्दै आएकी श्रेष्ठले पहिले सयपत्री फूल विदेशबाट आउने कुरा थाहा पाएपछि स्वदेशमै उत्पादन गर्न प्रेरणा पाएकी हुन्। “हरेक सामान विदेशबाट आउँछ, फूल पनि आयात हुन थालेको देख्दा मन दुख्थ्यो,” उनले भनिन्, “हामी आफैँ गर्न सक्छौं भन्ने आत्मविश्वासले मलाई फूलखेतीमा लाग्न प्रेरित गर्‍यो।”

    नेपाललाई फूल उत्पादनमा आत्मनिर्भर बनाउन आफूले केही योगदान दिन सकेकोमा सन्तोष रहेको श्रेष्ठ बताउँछिन्। यस्ता स्थानीयस्तरका प्रयासहरूले नेपालको कृषिमा आत्मनिर्भरताको बाटो खोल्ने सम्भावना बढेको देखिन्छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend