images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • सशस्त्र प्रहरी बलले १६८ जना अधिकृतको...

सशस्त्र प्रहरी बलले १६८ जना अधिकृतको कमाण्ड जिम्मेवारी

सशस्त्र प्रहरी बलले १६८ जना अधिकृतको कमाण्ड जिम्मेवारी

images
images
बुधवार, आश्विन २९ २०८२
बुधवार, आश्विन २९ २०८२
  • काठमाडौँ । असोज २९, सशस्त्र प्रहरी बल नेपाल, प्रधान कार्यालयले बदलिँदो सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै १६८ जना सशस्त्र प्रहरी अधिकृतको कमाण्ड जिम्मेवारीमा व्यापक हेरफेर गरेको छ।

    images
    images

    सशस्त्र प्रहरी बलका डिएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार, हालैको निर्णयअनुसार २६ जना सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी), ९३ जना सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) र ४९ जना सशस्त्र प्रहरी नायव निरीक्षक (सबइन्स्पेक्टर) को बदली गरिएको हो।

    थापाका अनुसार मुख्यालयले पहिले नै पूर्वानुमान सूची प्रकाशित गर्ने र सोही सूचीमा रहेका अधिकृतहरूलाई कमाण्ड जिम्मेवारीमा खटाउने अभ्यासलाई निरन्तरता दिँदै आएको छ। साथै, सीमा क्षेत्रमा खटिँदा उत्कृष्ट राजस्व सङ्कलनमा योगदान पुर्‍याएका अधिकृतहरूलाई प्राथमिकता दिइएको जनाइएको छ।

    images
    images

    वर्तमान अवस्थामा राजस्व संकलनलाई विशेष महत्व दिँदै, विगतको कार्यसम्पादन मूल्याङ्कनका आधारमा अधिकृतहरूलाई जिम्मेवारी दिने नीति अपनाइएको छ। यसैगरी, लामो समयदेखि एउटै प्रदेशमा कार्यरत अधिकृतहरूलाई फरक प्रदेशमा खटाइने अभ्यास गरिएको छ।

    साथै, अनिवार्य अवकाश नजिक रहेका अधिकृतलाई प्राथमिकतामा राखेर नयाँ जिम्मेवारी दिइएको र आफ्नो स्थायी बसोबास क्षेत्रभन्दा फरक भौगोलिक क्षेत्रमा खटाउने नीति समेत लागू गरिएको छ।

    मुख्यालयले तोकिएको जिम्मेवारी पूरा नगर्ने तथा आचरण विपरीत गतिविधिमा संलग्न अधिकृतहरूलाई कमाण्ड जिम्मेवारीबाट हटाउँदै आएको स्पष्ट पारेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend