काठमाडौँ । असोज २९, बझाङ जिल्लामा बुधबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान १ः०८ बजे बझाङको दान्तोला आसपास केन्द्रविन्दु बनाएर ४.९ म्याग्निच्युडको भूकम्प गएको हो।
केन्द्रका अनुसार भूकम्पको धक्का बझाङसँगै आसपासका अन्य जिल्लामा पनि महसुस गरिएको थियो। यद्यपि, अहिलेसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको विभागले जनाएको छ।
सञ्चार तथा सुरक्षा निकायहरूलाई सतर्क रहन अनुरोध गरिएको छ भने स्थानीय बासिन्दाहरूलाई अफवाहबाट सचेत रहन आग्रह गरिएको छ।




.gif)





