काठमाडौँ । सानिमा बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (असोज २६ गते) अन्तिम दिन रहेको छ। बैंकले असोज २७ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेसँगै, आजसम्म कायम सेयरधनीहरुमात्र लाभांश प्राप्त गर्न र वार्षिक साधारण सभामा सहभागी हुन योग्य हुनेछन्।
बैंकले वार्षिक साधारणसभा आउँदो कात्तिक २ गते काठमाडौँको भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा बिहान १०ः०० बजे आयोजना गर्ने भएको छ। सभामा गत आर्थिक वर्ष २०८१।८२ को लागि प्रस्तावित नगद लाभांश पारित गरिनेछ।




.gif)



