images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • इलाम पहिरो पीडित परिवारलाई कोशी प्रदेश...

इलाम पहिरो पीडित परिवारलाई कोशी प्रदेश सरकारले एक लाख राहत

इलाम पहिरो पीडित परिवारलाई कोशी प्रदेश सरकारले एक लाख राहत

images
images
सोमवार, आश्विन २० २०८२
सोमवार, आश्विन २० २०८२
  • काठमाडौँ । असोज २०, इलाममा गएको भीषण पहिरोमा ज्यान गुमाएका पीडितका परिवारलाई कोशी प्रदेश सरकारले तत्काल राहत स्वरूप प्रति परिवार एक लाख रुपैयाँ दिने निर्णय गरेको छ।

    images
    images

    कोशी प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले प्रमुख जिल्ला अधिकारी सँग आवश्यक विवरण माग गरिएको जानकारी दिएका छन्। प्रमुख जिल्ला अधिकारी सँग विवरण माग गरेका छौं। विवरण आए लगत्तै कम्तीमा एक लाख मृतकका परिवारलाई उपलब्ध गराउँछौं, मन्त्री भण्डारीले जानकारी दिए।

    उनका अनुसार विवरण प्राप्त भए लगत्तै भोलि वा पर्सी सम्म राहत रकम निकासा गरिनेछ।

    images
    images

    शनिबारको अविरल वर्षा पछि इलाममा आएको पहिरोमा ३७ जनाले ज्यान गुमाएका छन्। सरकारको प्रारम्भिक प्राथमिकतामा पीडित परिवारको राहत र पुनःस्थापनालाई राखिएको बताइएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend