images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • देशभरका १० वर्षामापन केन्द्रले खतराको तह...

देशभरका १० वर्षामापन केन्द्रले खतराको तह पार गरे, बाढीको जोखिम

देशभरका १० वर्षामापन केन्द्रले खतराको तह पार गरे, बाढीको जोखिम

images
images
शनिवार, आश्विन १८ २०८२
शनिवार, आश्विन १८ २०८२
  • काठमाडौँ । असोज १८, हालको मुसलधारे वर्षा सँगै देशभरका कम्तीमा १० वटा वर्षामापन केन्द्रले खतराको तह पार गरेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

    images
    images

    महाशाखाका अनुसार बारा, पर्सा र रौतहट जिल्लामा रहेका केन्द्रहरूमा ‘अति भारी वर्षा’ मापन गरिएको छ। यसका साथै वाग्मती, मधेस र कोसी प्रदेशका धेरै मापन केन्द्रहरू पनि खतराको तहमा पुग्नै लागेका छन्।

    महाशाखाले यी क्षेत्रमा थप वर्षा भई बाढीको जोखिम उच्च हुन सक्ने जनाउँदै सतर्कता अपनाउन आग्रह गरेको छ। स्थानीय तह, नागरिक र सरोकारवाला निकायलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend