अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न पाँच स्थानमा राजमार्ग अवरुद्ध भएका छन्। शुक्रबार (असोज १७) बिहान सम्मको जानकारी अनुसार संखुवासभा, रसुवा र सिन्धुपाल्चोकका मुख्य सडक अवरुद्ध भई यातायातमा ठूलो प्रभाव परेको छ।
संखुवासभाको भोटखोला गाउँपालिका–४ बरुणमा ताजा पहिरो खस्दा र मकालु गाउँपालिका–३ एकुवा खण्ड लामो समयदेखि अवरुद्ध रहेकाले कोसी राजमार्ग बन्द छ। रसुवाको गोसाइँकुण्ड नगरपालिका–२ मा बाढीका कारण सडक खोल्न नसकिँदा नेपाल–चीन नाका अवरुद्ध भएको छ। यहाँको पासाङल्हामु राजमार्गमा पर्ने पुल पनि बन्द भएकाले व्यापारिक आवागमन प्रभावित भएको छ।
सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–४ चारकिल्लामा ठूलो पहिरो खसेपछि अरनिको राजमार्ग पूर्ण रूपमा बन्द भएको छ।
यसका कारण प्रभावित क्षेत्रका यात्रु तथा व्यवसायीहरूले आवागमनमा समस्या भोगिरहेका छन् भने सम्बन्धित निकायहरूले सडक खोल्न प्रयासरत छन्।




.gif)





