काठमाडौँ । असोज १०, रामेछाप जिल्लाको भटौली आसपास केन्द्रबिन्दु बनाएर आज दिउँसो भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो २ बजेर १४ मिनेट जाँदा ४ म्याग्निच्यूडको भूकम्पले उक्त क्षेत्र प्रभावित बनाएको हो।
यो भूकम्पका कारण हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको केन्द्रले जनाएको छ। यद्यपि भूकम्पको धक्का रामेछाप आसपासका जिल्लाहरूमा समेत महसुस गरिएको बताइएको छ।
यसअघि, यही असोज १ गते पूर्वी रुकुम र बागलुङको सिमाना पातिहाल्ने भञ्ज्याङ केन्द्रबिन्दु बनाएर ४.६ म्याग्निच्यूडको भूकम्प गएको थियो।
भूकम्पीय जोखिम उच्च रहेको नेपालको विभिन्न भूभागमा साना भूकम्प जाने क्रम जारी छ। विज्ञहरूले यस्ता साना भूकम्पलाई सामान्य भूगर्भीय प्रक्रिया मान्दै सतर्कता अपनाउन सुझाव दिएका छन्।




.gif)





