काठमाडौँ । असोज ९, आज राति देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानहरूमा तथा देशका अन्य पहाडी भूभागका एकदुई स्थानमा मध्यम वर्षा हुन सक्ने सम्भावना छ।
त्यसैगरी, भोलि (शुक्रबार) देशको पहाडी भूभागमा सामान्यतया बदली रहने र बाँकी भूभागमा आंशिक बदलीको अवस्था देखिनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानहरूमा र अन्य क्षेत्रमा एकदुई स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।
महाशाखाले पहाडी क्षेत्रमा वर्षाका कारण पहिरो, बाढी तथा सवारी आवागमनमा अवरोध हुनसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।




.gif)





