images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • आज कस्तो रहला देशभरको मौसम ?...

आज कस्तो रहला देशभरको मौसम ? कहाँ-कहाँ हुँदैछ वर्षा ?

आज कस्तो रहला देशभरको मौसम ? कहाँ-कहाँ हुँदैछ वर्षा ?

images
images
मंगलवार, आश्विन ७ २०८२
मंगलवार, आश्विन ७ २०८२
  • काठमाडौं।  हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।जसको प्रभावले कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।

    images
    images

    आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। कोशी, लुम्बिनी, बागमती  र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा मधेस प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भूभागका तथा बाँकी तराई भूभागका एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    आज राति देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी तराई भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend