images

२०८३ आश्विन १८ गते

images
images
images

धरानमा बजेट ल्याइँदै, नगरसभा भोलि बिहान ८ बजे

धरानमा बजेट ल्याइँदै, नगरसभा भोलि बिहान ८ बजे

images
images
शुक्रवार, आश्विन ३ २०८२
शुक्रवार, आश्विन ३ २०८२
  • धरान उपमहानगरपालिकाले अन्तत: बजेट ल्याउने भएको छ । भोलि बिहान ८ बजे बस्न लागेको नगरसभाबाट दुई अर्ब २० करोड रुपैयाँको बजेट घोषणा गर्न लागिएको हो ।संवैधानिक व्यवस्थाअनुसार असार १० गतेभित्र स्थानीय पालिकाले बजेट ल्याइसक्नुपर्नेमा मेयर हर्कराज साम्पाङ्ग र उपमेयर अईन्द्रविक्रम बेघाबीच विवादका कारण धरानमा भने आर्थिक वर्ष २०८२–८३ को बजेट अहिलेसम्म आउन सकेको छैन । 

    images
    images

    बजेट पास गर्नका लागि गत भदौ २६ गते नगरसभा बोलाइएकोमा मेयर साम्पाङ्ग काठमाडौं आएपछि बैठक स्थगित भएको थियो । भोलिको बैठकले बजेट पास गर्ने प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौंलागाईले बताए । जनआस्थासँग उनले भने,‘कार्यपालिका बैठकबाट नीति तथा कार्यक्रम र बजेट पास भएपछि भदौ २६ गते नगरसभा बोलाइएको थियो । जेन–जी आन्दोलनपछि मेयरसाब काठमाडौं जानुभएकाले नगरसभा स्थगित भयो । भोलि बिहान ८ बजे बजेट पास गर्न नगरसभा बोलाइएको छ ।’बजेट नआएकाले धरानमा बजेट होलिडे छ भने झण्डै पाँच सय कर्मचारीले तीन महिनादेखि तलब पाएका छैनन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend