images

२०८३ आश्विन १५ गते

images
images
images
  • समाचार
  • संविधान दिवस २०८२ विविध कार्यक्रम सहित...

संविधान दिवस २०८२ विविध कार्यक्रम सहित मनाइँदै, झाँकी कार्यक्रम स्थगित

संविधान दिवस २०८२ विविध कार्यक्रम सहित मनाइँदै, झाँकी कार्यक्रम स्थगित

images
images
शुक्रवार, आश्विन ३ २०८२
शुक्रवार, आश्विन ३ २०८२
  • काठमाडौँ । असोज ३, संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ आज देशभर विविध कार्यक्रमका साथ मनाइँदैछ। राष्ट्रपतिको प्रमुख आतिथ्यतामा सैनिक मञ्च, टुँडिखेलमा बिहान ८ः३० बजे विशेष समारोहको आयोजना गरिएको छ।

    images
    images

    कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नुहुनेछ। यद्यपि, वर्तमान विशेष राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै परम्परागत झाँकी लगायतका कार्यक्रमहरू यस वर्ष स्थगित गरिएको छ।

    नेपालको संविधान २०७२ असोज ३ गते नेपाली जनताको लामो संघर्ष र बलिदान पछि संविधानसभाबाट घोषणा गरिएको थियो। दोस्रो संविधान सभाबाट निर्माण भएको सो संविधान तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रबाट सार्वजनिक रूपमा घोषणा गर्नुभएको थियो।

    images
    images

    संविधान दिवसले लोकतन्त्र, सङ्घीयता, समावेशिता र गणतन्त्रको उपलब्धिलाई स्मरण गर्दै राष्ट्रिय एकताको सन्देश दिने विश्वास गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend