images

२०८३ आश्विन २४ गते

images
images
images
  • शेयर
  • नेप्सेमा लाग्यो तेस्रो नकारात्मक सर्किट, आजका...

नेप्सेमा लाग्यो तेस्रो नकारात्मक सर्किट, आजका लागि सेयर कारोबार स्थगित

नेप्सेमा लाग्यो तेस्रो नकारात्मक सर्किट, आजका लागि सेयर कारोबार स्थगित

images
images
बिहिवार, आश्विन २ २०८२
बिहिवार, आश्विन २ २०८२
  • काठमाडौं । सेयर बजारमा तेस्रो नकारात्मक सर्किट लागेको छ । यससँगै आजका लागि बाँकी अवधिको कारोबार स्थगित भएको छ। लामो समयपछि खुलेको बजारमा प्रि ओपन सेसनमै ३४ अंकले घटेको नेप्से ६ प्रतिशत घटेर तेस्रो सर्किट ब्रेक लागेपछि आजको लागि सेयर कारोबार बन्द भएको हो।

    images
    images

    नियमित बजार खुलेको २ मिनेटमा नै नेप्से परिसूचक ४ प्रतिशत घटेपछि पहिलो सर्किट ब्रेक लागेर सेयर कारोबार २० मिनेटको लागि स्थगित भएको थियो। सर्किटपछि ११ बजेर २२ मिनेटमा खुलेको बजार, १ मिनेटमा नै थप १ प्रतिशत घटेपछि दोस्रो सर्किट ब्रेक लागेर ४० मिनेटको लागि कारोबार स्थगित भएको थियो।

    त्यसपश्चात १२ बजेर ३ मिनेटमा खुलेको बजारमा १२ बजेर ६ मिनेटमा नेप्से पुनः १ प्रतिशत घटेपछि तेस्रो सर्किट लागेर आजको लागि सेयर कारोबार बन्द भएको हो।सेयर बजारमा एक घण्टाअघि ४ प्रतिशतले घट्दा २० मिनेटलाई ब्रेक लाग्छ भने २ घण्टाअघि ५ प्रतिशतले घट्दा ४० मिनेटका लागि ब्रेक लाग्छ र ६ प्रतिशतले घटेमा दिनभरीको कारोबारमा ब्रेक लाग्ने गर्दछ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend