काठमाडौँ । रुकुमपूर्व र बागलुङ जिल्लाको सिमानामा पर्ने पातिहाल्ने भञ्ज्याङ आसपास केन्द्रबिन्दु भएर बुधबार राति भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार भूकम्प राति ८ बजेर २५ मिनेट जाँदा गएको हो। भूकम्पको म्याग्निच्युड ४.६ रेक्टर स्केल रहेको केन्द्रले जनाएको छ।
हालसम्म भूकम्पबाट मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन। केन्द्रका अनुसार भूकम्प रुकुमपूर्व, बागलुङ, रोल्पा, प्युठान लगायतका आसपासका जिल्लाहरूमा महसुस गरिएको थियो।
भूकम्पको केन्द्रबिन्दु पातिहाल्ने भञ्ज्याङ क्षेत्रमा परेकाले नजिकका बासिन्दाले हल्ला स्पष्ट रूपमा महसुस गरेको जनाइएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले भूकम्पपछि सर्तकता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।




.gif)





