बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकाको सलसेनामा पहिरो खसेपछि अवरुद्ध भएको महाकाली लोकमार्ग सुचारु भएको छ । महाकाली लोकमार्गको सतबाँझ–गोकुलेश्वर सडक खण्डअन्तर्गत सलसेनामा मंगलबार बिहान सवा ९ बजेतिर सडकमाथिबाट पहिरो खसेपछि लोकमार्ग अवरुद्ध भएको थियो।
मंगलबार दिनभरि पहिरोका कारण सडक अवरुद्ध भयो । राति ८ बजेतिर सडक सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बलदेव बडुले जानकारी दिए।सडक अवरुद्ध भएपछि दार्चुलाबाट विभिन्न जिल्लाका लागि छुटेका गाडी, बैतडीबाट दार्चुलाका लागि छुटेका गाडी र तराईबाट दार्चुलाका लागि छुटेका गाडीहरू बीच बाटोमै रोकिँदा यात्रुलाई सास्ती भएको थियो।दोगडाकेदार गाउँपालिका र सडक डिभिजन कार्यालयसँगकाे समन्वयमा पहिरो हटाएर सडक सुचारु गरिएको थियो।




.gif)



