images

२०८३ आश्विन १६ गते

images
images
images

महाकाली लोकमार्ग अवरुद्ध

महाकाली लोकमार्ग अवरुद्ध

images
images
मंगलवार, भाद्र ३१ २०८२
मंगलवार, भाद्र ३१ २०८२
  • धनगढी । बैतडीको दोगडाकेदार गाउँपालिकास्थित सलसेनामा पहिरो खसेपछि महाकाली लोकमार्ग अवरुद्ध भएको छ । महाकाली लोकमार्गको सतबाँझ–गोकुलेश्वर सडक खण्ड अन्तर्गत सलसेनामा मंगलबार बिहान सवा ९ बजेतिर सडकमाथिबाट पहिरो खसेपछि उक्त लोकमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । 

    images
    images

    सडक अवरुद्ध भएपछि दार्चुलाबाट विभिन्न जिल्लाका लागि छुटेका गाडी, बैतडीबाट दार्चुलाका लागि छुटेका गाडी र तराईबाट दार्चुलाका लागि छुटेका गाडीहरु बीचबाटोमै रोकिएका छन् । 

    सडकमा खसेको पहिरो पन्छ्याउनका लागि पहल भइरहेको प्रहरी निरीक्षक पाण्डेयले बताए । उक्त पहिरो सफा गर्नका लागि दोगडाकेदार गाउँपालिका र सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको उनले बताए । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend