images

२०८३ आश्विन १६ गते

images
images
images

बैतडीको सरकारी कार्यालयद्वारा पूर्ववत् सेवा

बैतडीको सरकारी कार्यालयद्वारा पूर्ववत् सेवा

images
images
मंगलवार, भाद्र ३१ २०८२
मंगलवार, भाद्र ३१ २०८२
  • बैतडी । जेनजी प्रदर्शनका कारण बन्द रहेका यहाँका सरकारी कार्यालय, विद्यालयलगायत सङ्घसंस्था पूर्ववत् अवस्थामा फर्किएका छन् । बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले कार्यालयद्वारा प्रदान गरिँदै आएको सेवा प्रवाह पूर्ववत् सञ्चालनमा आएको  जानकारी दिए । उनले भने, “जेनजी प्रदर्शनका कारण बन्द रहेका सरकारी कार्यालय सञ्चालनमा आउन थालेका छन् । कार्यालय खुलेसँगै सेवाप्रवाह पनि थालिएको छ ।”कार्यालय सञ्चालन भए पनि सेवाग्राही भने न्यून सङ्ख्यामा आउने गरेका प्रजीअ पौडेलले बताए । उनले भने, “जिल्ला प्रशासनलगायत सरकारी कार्यालय खुलेका भए पनि  सेवाग्राहीको सङ्ख्या भने न्यून छ । माथिल्लो निकायका संरचनामा आगजनी तोडफोड भएर जिल्लामा सेवा पाउन मुस्किल हुनसक्छ भनेर पनि कम आएका हुन सक्छन् ।”

    images
    images

    सरकारी कार्यालयमा क्षति भएको विवरण प्राप्त नभएकाले सेवा सञ्चालनमा कुनै बाधा नरहेको प्रजिअ पौडेलले बताउनुभयो । यहाँका स्थानीय तहबाट प्रदान हुने सेवा पनि नियमित भएका छन् । कार्यालय खुलेसँगै सेवा पनि सञ्चालन भएका दोगडाकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेशराज जोशीले जानकारी दिए । शिवनाथ गाउँपालिकाका पनि सबै सेवा सञ्चालनमा आएका गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले जानकारी दिए । उनले भने, “आजदेखि गाउँपालिका कार्यालय खुलेको छ । पालिकाले प्रदान गर्ने सेवा सुरु भएका छन् ।”

    जिल्लाको सिगास गाउँपालिकामा प्रदर्शनको असर नपरेको गाउँपालिका अध्यक्ष हरिसिंह धामीले जानकारी दिए । उनले भने, “जेनजी आन्दोलनले सिगासमा कुनै असर परेन । गाउँपालिका कार्यालय बन्द गर्नुपर्ने अवस्था आएन । नियमित रूपमा सेवा सञ्चालनमा रह्यो ।”सरकारी कार्यालयसँगै यहाँका सङ्घसंस्था, विद्यालय पनि सञ्चालनमा आएका छन् । प्रदर्शनका कारण बन्द रहेका विद्यालय खुलेका र पठनपाठन थालिएको रौलेश्वर मावि कफलकोटका प्रधानाध्यापक नरेन्द्र भाटले बताए । उनले भने, “बन्द विद्यालय खुलेका छन् । नियमित पठनपाठन कार्य चलिरहेको छ । बालबालिकाको उपस्थिति साविककै अनुसार छ ।”

    images
    images

    प्रदर्शनकै कारण प्रभावित बनेको जनजीवन सामान्य बनेको बैतडीका प्रहरी प्रवक्ता बलराम पाण्डेयले जानकारी दिए । जिल्लास्थित सरकारी कार्यालय, सङ्घसंस्था, विद्यालय, बजार खुलेका छन् । उनले भने “जेनजीको प्रदर्शन र निषेधाज्ञा र कफ्युका कारण असहज बनेको जनजीवन  अब भने सामान्य बनेको छ ।”

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend